janatatimes

२७ चैत्र २०८०, मंगलवार ०७:३१

नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक


काठमाडौं, २७ चैत्र ।  टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी– २० खेलको तालिका सार्वजनिक गरेको हो । नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।
सबै खेल टीयु क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ ।

वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो । नेपालले टी-२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।