जनता टाइम्स

२७ चैत्र २०८०, मंगलवार १६:१४

सुहाङ नेम्वाङ जिताउ अभियानमा जुटे प्रवासमा रहेका नेपाली, यस्तो छ इलाम-२ का मतदातालाई बिशेष अपिल


काठमाडौं, चैत २७ । प्रवासमा रहेका नेपालीहरुले इलाम क्षेत्र नम्बर युवा उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउने अभियान सुरु गरेका छन । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको नेतृत्वमा बिश्वभर छरिएर रहेका प्रवासी नेपालीले प्रवासदेखि मातृभूमिसम्मका समस्यामा जानकार युवा उम्मेदवार सुहाङलाई जिताउने अभियान थालेका हुन ।

प्रवासी नेपालीले राजनीतिक बाद र बिवाद भन्दा माथि उठेर यसपटक सूर्य चिन्हमा मतदान गरी इलाम क्षेत्र नम्बर २ का मतदातालाई अपिलसमेत गरेका छन । प्रवासी नेपाली मञ्चका अध्यक्ष थापाले भिडियो सन्देशमार्फत राजनीतिमा युवाहरुलाई अगाडि बढाउने कि पछाडि फर्काउने भन्ने बिषयमा निर्धारण यसपटकको इलाम २ मा हुनेउपनिर्वाचनले तय गर्ने भन्दै सुहाङको जीतले युवा अघि बढने बताउनु भएको छ ।

अध्यक्ष थापाले सुहाङ नेम्वाङ एमालेको उम्मेदवार मात्र नभएर सवै युवाहरुको प्रतिनिधित्व भएको, प्रवासमा रहेका नेपालीहरुको पीडालाई समेत आफैले भोगेको कारण जिताउन अपिल गर्नुभयो । प्रवासमा रहेका नेपालीहरुले सुहाङ बिजयी बन्दा नेपालको राजनीतिप्रति युवा पुस्तामा देखिएको बितृष्ण हटाउन सक्ने बिश्लेषणसहित अभियान अघि बढाइएको मञ्चका अध्यक्ष थापाले बताउनु भयो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष पहलकदमीमा यो अभियान अघि बढेको हो । अभियानमा मञ्चका पूर्वअध्यक्ष तथा सल्लाहकार परिषदका सभापति भक्त गुरुङ, मञ्चका उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिवहरु चानक पोखरेल, कर्ण शाही, सचिवालय सदस्य प्रभु थापा, कमलमणि गुरागाई, भक्त गुरुङ, भक्त वाग्लेलगायत गैरआवासीय नेपाली संघमा आवद्ध अभियन्ताहरु समेत जोडिनुभएको छ ।

‘सवैले युवालाई अवसर दिनुपर्यो भन्ने नारा दिए तर ब्यवहारमा कसैले पनि लागू गरेनन, एमालेले यसपटक साँच्चीकै युवा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ, सुहाङको जीतले नेपालदेखि प्रवासमा रहेका सवै नेपाली युवाहरुको भविश्य निर्धारण गर्छ,’ जनताटाम्इस डटकमसँगको टेलिफोन सम्वादमा अध्यक्ष थापाले भन्नुभयो ।

सुहाङ जिताउ अभियानकै क्रममा प्रवासी नेपाली मञ्चले उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेललाई इलाममै खटाएको छ । मञ्चका अध्यक्ष थापाको निर्देशनअनुसार उपसचिव पोखरेल उम्मेदवारी दर्ताको अघिल्लोदिन निर्वाचन क्षेत्रमै पुगेर त्यहाँको बस्तुगत अवस्थाबारे अन्तराष्ट्रिय कमिटीलाई जानकारी गराउनु भएको छ । उपसचिव पोखरेलले प्रवासी नेपाली सुहाङ जिताउने अभियानमा जुटिसकेको जानकारी दिनुभयो ।

सवैले युवालाई अवसर दिनुपर्यो भन्ने नारा दिए तर ब्यवहारमा कसैले पनि लागू गरेनन, एमालेले यसपटक साँच्चीकै युवा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ, सुहाङको जीतले नेपालदेखि प्रवासमा रहेका सवै नेपाली युवाहरुको भविश्य निर्धारण गर्छ

‘सुहाङ युवा मात्रै होइन, प्रवासको पनि समस्या बुझेको र कानूनमा राम्रो ज्ञान भएको ब्यक्ति हुनुहुँदो रहेछ, अहिलेसम्म पार्टीको तर्फबाट उम्मेदवार बनाएको मध्ये उहाँ सवैभन्दा कान्छो उम्मेदवार पनि हो । हामी नयाँ पुस्तालाई नेपालमै टिकाउन र राजनीतिप्रति आकर्षित गर्न पनि उहाँलाई जिताउनु पर्छ भन्ने निश्कर्षसहित अभियानमा लागेका हौं,’ उपसचिव पोखरेलले भन्नुभयो ।प्रवासी नेपाली मञ्चको सुहाङ जिताउ अभियानमा गैर आवासीय नेपाली संघको अभियानमा निरन्तर लागिपरेका नेताहरु पनि सहभागी भएको उपसचिव पोखरेलले जानकारी दिनुभयो ।

‘सुहाङ युवा मात्रै होइन, प्रवासको पनि समस्या बुझेको र कानूनमा राम्रो ज्ञान भएको ब्यक्ति हुनुहुँदो रहेछ, अहिलेसम्म पार्टीको तर्फबाट उम्मेदवार बनाएकोमध्ये उहाँ सवैभन्दा कान्छो उम्मेदवार पनि हो, इलामबाट फर्किएपछि प्रवासी नेपाली मञ्चका उपसचिव पोखरेलले भन्नुभयो, हामी नयाँ पुस्तालाई नेपालमै टिकाउन र राजनीतिप्रति आकर्षित गर्न पनि उहाँलाई जिताउनु पर्छ भन्ने निश्कर्षसहित अभियानमा लागेका हौं ।’