जनता टाइम्स

१० आश्विन २०७६, शुक्रबार १७:५५

कार्यालय समयमै मदिरा सेवन गरी निदाए मालपोतका यी हाकिम


महोत्तरी, असोज १० । जलेश्वर मालपोत कार्यालयका प्रमुख भूपबहादुर बोगटी पक्राउ परेका छन । मदिरा सेवन गरी कार्यालयमा आएपछि बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यालय प्रमुख बोगटी मदिराले लठ्ठिएका आफ्नै कुर्सीमा निदाएपछि सेवाग्राहीले होहल्ला मच्चाएका थिए । घटनाबारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रण लिई स्वास्थ्य परीक्षणको लागि जलेश्वर अस्पताल लगेको छ ।