जनता टाइम्स

६ बैशाख २०८१, बिहीबार २०:५३

साधारणसभाको तयारीमा जुट्यो ओएनएफ अमेरिका : आवास-आर्थिक र प्रचारसहित ५ कमिटी गठन


क्यालिफोर्निया (अमेरिका), बैशाख ६ । प्रवासी नेपाली मञ्च अमेरिकाले आफ्नो दोस्रो साधारणसभाको तयारीलाई तीब्र बनाएको छ ।

आगामी मे २५ र २६ तारिख क्यालिफोर्नियाको लस एन्जल्समा हुनगइरहेको दोस्रो साधारणसभाको मिति नजिकिदै गर्दा मञ्चले तयारीको कामलाई ब्यवस्थित र तीब्र रुपमा अघि बढाएको अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिनुभयो ।

साधरणसभाको तयारीका क्रममा अप्रिल १४ तारिख भर्चुअल रुपमा बसेको बैठकले बिभिन्न समिति गठन गरेको छ । बैठकमा संयोजक भीमप्रकाश ओलीले प्रस्तुत गर्नुभएको प्रस्तावलाई छलफलसहित पारित गरेको हो बैठकले मञ्च तथा कार्यक्रम व्यवस्थापन कमिटी, आर्थिक व्यवस्थापन कमिटी, प्रचारप्रसार कमिटी, साँस्कृतिक कार्यक्रम व्यवस्थापन कमिटी र अतिथि सत्कार तथा सहभागी व्यवस्थापन कमिटी गठन गरेको छ ।

सो बैठकले गोकर्ण दाहालको संयोजकत्वमा मञ्च तथा कार्यक्रम ब्यबस्थापन कमिटी गठन गरेको छ । कमिटीमा बिजय भट्टराई, मणि भण्डारी, चिरिन्जिबी गौतम, शम्भु शिवाकोटी र प्रकाश खनाल सदस्य रहनुभएको छ । यस्तै गोबिन्द खनालको संयोजकत्वमा आर्थिक ब्यबस्थापन कमिटी गठन गरेको छ । कमिटीमा भुवन अधिकारी, मणि भण्डारी, दिपक पाण्डे, दुर्गा आचार्य, बिष्णु न्यौपाने, चिरिन्जिबी गौतम, राजु श्रेष्ठ, शम्भु शिवाकोटी, प्रकाश खनाल, गणेश जिसी र सुरेश कुमार पोखरेल सदस्य रहनुभएको छ ।

यस्तै विजय बगालेको संयोजकत्वमा प्रचार प्रसार कमिटी गठन भएको छ । जस्को सदस्यहरुमा बिजय भट्टराई, भुवन अधिकारी, शंकर लुंगेली, सञ्जय सिंह, राजु श्रेष्ठ र केबी चलाउने रहनुभएको छ । यसैगरी जिएस खनालको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम ब्यबस्थापन कमिटी गठन भएको छ । सो कमिटीको सदस्यमा चिरिन्जिबी गौतम, राजु श्रेष्ठ र रिया भण्डारी रहनुभएको छ ।

बैठकले चिरिन्जिबी गौतमको संयोजकत्वमा अथिति सत्कार तथा ब्यबस्थापन कमिटी गठन गरिएको छ । सो कमिटीमा बिनोद भेटवाल, कृष्ण गुरुङ, राजु श्रेष्ठ, शम्भु शिवाकोटी, प्रकाश खनाल, प्रभाकर प्याकुरेल, हेमराज राई, गणेश जिसी, केबी चलाउने र दिपक अधिकारी सदस्य रहनुभएको छ । प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष एवं दोश्रो साधारणसभा मूल व्यवस्थापन कमिटीका संयोजक भीमप्रकाश ओलीको अध्यक्षतामा बसेको बैठकमा अमेरिका महादेश कमिटीका संयोजक ईश्वरी भट्ट अतिथीको रुपमा सहभागी हुनुभएको थियो ।

सो बैठकमा राष्ट्रिय कमिटी अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, सचिव छवि पाण्डेलगायतले सुझाबहरुसहित आफ्नो भनाइ राख्नुभएको छ । बैठकमा प्रचारप्रसार कमिटीका संयोजक विजय बगालेले साधारणसभामा प्रमुख अतिथिको रुपमा नेपालबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र विशेष अतिथिको रुपमा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको उपस्थिति रहने जानकारी दिनुभएको छ ।