जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १९:३८

एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने


काठमाडौं, ७ बैशाख । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् । आज सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो ।

यसअघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । फाइनल खेल आइतबार नेपाली समय अनुसार ४ः१५ बजेदेखि शुरु हुने छ । फाइनलको विजेताले २०२५ मा हुने टी–२० एशिया कप खेल्न पाउने छ ।