जनता टाइम्स

११ आश्विन २०७६, शनिबार १७:१६

क्रिकेट संघको अध्यक्षमा चन्द विजयी, हट्ला त आइसीसीको निलम्बन


काठमाडौं, असोज ११

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनु भएको छ । क्यानको विशेष साधारणसभा अन्तर्गत शनिबार भएको मतदानमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई फराकिलो मतान्तरले पराजित गर्दै उहा निर्वाचित हुनु भएको हो ।

चन्दले ४४ मत ल्याउदा पाण्डेले केवल १५ मत ल्याउनु भयो । पदाधिकारीमा पनि अधिकाशंमा चन्द प्यानलबाट विजयी भएका छन् । उपाध्यक्षमा ४१ मत ल्याएर राजुबाबु श्रेष्ठ विजयी हुँदा उहाका प्रतिस्पर्धी मिङ्मा डन्डु शेर्पाले १७ मत ल्याउनु भयो ।

त्यस्तै, सचिवमा विनोद मैनालीलाई पराजित गर्दै अशोकनाथ प्याकुरेल विजयी हुनुभयो । प्याकुरेलले ४३ मत ल्याउदा मैनालीले १५ मत ल्याउनु भयो । कोषाध्यक्षमा रोशनकुमार सिंहले ४५ मत ल्याएर विजयी भएका हुँदा उहाका प्रतिद्वन्द्वी उपेन्द्र भट्टराईले १३ मत ल्याउनु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै, सदस्यमा प्रदेश १ मा कैलाश विष्ट र प्रदेश ३ मा अमितवीर पाण्डे विजयी बन्नुभयो । यसअघि प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त मल्ल, प्रदेश ६ बाट पदम खड्का र प्रदेश ७ बाट विक्रम विष्ट निर्विरोध चयन हुनुभएको थियो ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध हुनुभयो । उहा एक्ली महिला प्रतिनिधि भएकाले उम्मेवादरी दिए लगत्तै निर्विरोध हुनु भएको थियो । केन्द्रीय समितिमा एक जना महिला सदस्य अनिवार्य हुने प्रावधान छ।

खुला सदस्यमा भने वीरेन्द्र बहादुर चन्द, दुर्गा पाठक करण क्षेत्री माधव कर्माचार्य र सञ्चय सिंह चयन भएका छन्।