जनता टाइम्स

१० बैशाख २०८१, सोमबार १९:०२

केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार


काठमाडौं, १० बैशाख । हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । आज दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो । अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ ।

साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए । उनलाई जेलमा इन्सुलिन दिइएको छैन । यसअघि पर्वर्तन निदेशानालय (ईडी) ले अदालतमा केजरीवलले जानाजानी जेलमा आँप र मिठाई खाइरहेका दाबी गरेको थियो ।