काठमाडौं, असोज १२
नेपाल र सयुक्त अरब इमिरेट्स(युएई)बीचको हवाई सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशबीचको द्वपक्षीय हवाई सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो।
क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औं महासभाको क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएई तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गर्नुभयो । यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको थियो । सन् १९९९ मा पहिलोपटक सम्झौता भएको युएईसँग पछिल्लोपटक सन् २०१५ मा पुनरावलोकन भएको थियो । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।
सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने, भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने र दुई देशबीच कुनै विवाद भएमा त्यसको समाधानका लागि पनि सम्झौता सहयोगी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्