जनता टाइम्स

१५ बैशाख २०८१, शनिबार १०:३०

आदीवासी चाडपर्व र नयाँ बर्षको शुभकामना आदान प्रदानसहित प्रवासी नेपाली मञ्च कतारको बिशेष प्रशिक्षण सम्पन्न


दोहा, (कतार), बैशाख १५ । प्रवासी नेपाली मञ्च कतारले आदिवासी चाडपर्वहरु र नयाँ बर्ष २०८१ को शुभकामना बिशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रवासी नेपाली मञ्च कतारको आदिवासी फाँटले आदिवासी चाडपर्वहरु तथा नयाँ बर्ष २०८१ को अवसरमा एकमुष्ट शुभकामनासहित बिशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । आदीवासी फाँटका प्रमुख शिव भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सदस्य तेज गुरुङले सञ्चालन गर्नुभएको थियो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका उपसचिव चानक पोखरेलको प्रमुख आतिथि रहनु भएको कार्यक्रममा मञ्चका सचिवालय सदस्य तथा मध्यपूर्व ईञ्चार्ज कमलमणि गुरागाई प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ता साथै बिशिष्ट अतिथी रहनु भएको थियो भने मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रिकोटी बिशेष अतिथी रहेका थिए । अतिथिहरुमा प्रवासी नेपाली मञ्च कतारका विभागीय प्रमुखहरु रहेका थिए भने दोहामा रहेका मञ्चसँग समद्ध आदिवासीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रम दुई चरणमाबाट समापन गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा आदिवासी चाडपर्वहरु तथा नयाँबर्ष २०८१ को शुभकामना राखिएको थियो । पहिलो चरणको कार्यक्रममा आदिवासी चाडपर्वहरुको बारेमा जानकारी तथा शुभकामना राख्ने क्रममा भुजेल जातिको संक्षिप्त परिचय र उधौली उभौलीका बारेमा प्रवासी भुजेल समाज कतारका पूर्वअध्यक्ष तथा फाँटका सदस्य बीरबहादुर भुजेलले जानकारी गराउनु भयो ।

त्यसैगरी तमु प्हे ल्हुँ संघ कतारका अध्यक्ष तथा फाँटका सदस्य चन्द्र ल्हेगु तमुले तमु ल्होसारका बारेका जानकारी गराउनु भयो गिरीप्रसाद दर्लामी मगरले माघि तथा अन्य मगर जातिले मनाउने पर्वहरुका बारेमा जानकारी दिनुभयो । यस्तै तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्ष विकाश तामाङले तामाङ ल्होसारका बारेमा जानकारी गराउनु भएको थियो । मञ्चका उपाध्यक्ष बालकृष्ण भित्रिकोटीले पनि संगठनका आदिवासी जानजातिहरुको भुमिकाको चर्चा गदै आदिवासी पर्वहरु तथा नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटिका उपसचिव चानक पोखरेलले कतारको हकमा आदिवासीहरु धेरैमात्रमा रहेका तर जातीय संगठनहरुका सहभागिता भए सरह विचार सबद्ध संगठनहरुमा आबद्धता नभएको तर अन्ततः आदिवासी जनजातिहरुको हक, अधिकारका निमित्त आवज बुलन्द गर्ने स्थान पार्टिभित्र नै रहेकाले यस संगठन सँग विचार राख्ने साथीहरुलाई जोडिन आह्वान गर्नुभयो ।

त्यसैगरी दोश्रो चरणको कार्यक्रम प्रशिक्षण कार्यक्रम रहेको थियो । प्रशिक्षण कार्यक्रममा मञ्चका सचिव बिनेश तामाङले संगठनको संरचना, आदिवासीहरुले हिजोको दिनमा गरेका नेतृत्वदायि भुमिका, साथै संगठनको संक्षिप्त परिचय गराउनु भएको थियो भने प्रमुख वक्ता तथा बिशिष्ट अतिथि संघका मध्यपूर्व ईन्चार्ज कमलमणि गुरागाइले प्रशिक्षण दिनुभयो । सो क्रममा गुरागाईले ६ वटा बिषयमा केन्द्रित रहेर प्रशिक्षण दिनुभयो ।

उहाँले अदिवासी जनजातिहरुको आजका कार्यदिशा र कार्यभार, मातृभाषा, संस्कृतिको संरक्षण, आदिवासी जनजाति आन्दोलनको आवश्यकता, पार्टी र जनजातिहरु बीचको पूलको भुमिका, राजनैतिक, समाजिक तथा शैक्षिक चेतनाबृद्धि र आदिवासी जनजातिहरुले गर्नुपर्ने राजनैतिक कामको बिषयमा प्रष्ट पार्नुभयो ।

अन्त्यमा फाँटका प्रमुख तथा कार्यक्रमका अध्यक्ष शिव भुजेलले नेकपा एमालेलाई लगाईने गरेको पहिचान बिरोधी भ्रमात्मक बिम्बलाई चिर्न र प्रवासबाट पनि राजनैतिक रुपमा आदिवासीहरु संगठित भई आदिवासी आन्दोलनहरुमा राजनैतिक आवाज बन्नुपर्ने बताउनु भयो । सो कामले आन्दोलनलाई मुर्तरुप दिन थप टेवा पुर्याउने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी पनि दिनुभयो ।