जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार ०९:३५

प्रवासी नेपाली मञ्च टेक्सासको अध्यक्षमा राजु नेपाल चयन, पदाधिकारी र सदस्यमा को को परे ?


टेक्सास (अमेरिका), बैशाख १६ । प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य कमिटीको अध्यक्षमा राजु नेपाल चयन हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा यही अप्रिल २७ गते ड्यालसको युलेसमा सम्पन्न अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले राज्य कमिटीका अन्य उपाध्यक्ष मधुसुदन ज्ञवाली र लक्ष्मण थापा, सचिवमा मनिष थापा, सहसचिवमा साधना पन्तलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा भिषण अधिकारी, घनश्याम पोखरेल, रचना प्याकुरेल, बिशाल मरासिनी, गगनदिप जिसी, अर्जुन त्रिपाठी, बिक्रम पाण्डे, बाबुराम काफ्ले र रामप्रसाद अधिकारी चयन भएको निर्बाचन समितिका प्रमुख गोकर्ण दाहालले जानकारी दिनुभयो ।

नव निर्वाचित पदाधिकारीहरुलाई प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले पद तथा गोपनीयताको सपथ गराउनु भयो । अधिवेशनको बिशेष अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापा र प्रवासी नेपाली मञ्च अमेरिकाका क्षेत्रीय संयोजक ईश्वरी भट्ट हुनुहुन्थ्यो ।

यस्तै अतिथीका प्रवासी नेपाली मञ्च अमेरिका राष्ट्रिय कमिटीका उपाध्यक्ष गोपाल कँडेल, भीम ओली लगायतका नेताहरुको सहभागिता रहेको थियो । बन्द शत्रमा प्रवासी नेपाली मञ्च राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेले प्रस्तुत गर्नुभएको साँगठानिक र आर्थिक बिभाग प्रमुख मनोज धितालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सर्र्वसम्मत पारित गरेको छ ।