जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १४:५५

बास्केटबलको उपाधि बूढानीलकण्ठलाई


काठमाडौं, असोज १२

बूढानीलकण्ठ क्लबले पाँचौँ खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि हात पारेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा आज भएको फाइनल खेलमा बूढानीलकण्ठले कीर्तिपुर क्लबलाई ६३–४२ ले पराजित गर्यो । बूढानीलकण्ठका रुपेश नापितले १९ अङ्क जोडे । बूढनीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले आठ अङ्क जोडे ।

कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । उपाधिसँगै बूढानीलकण्ठले रु ४० हजार हात पार्यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको कीर्तिपुरले भने रु २० हजार प्राप्त ग¥यो । बूढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले रु पाँच हजार पुरस्कार पाए ।

विजेतालाई प्रदेशसभा सदस्य नारायण सिलवाल, बीएमकेका अध्यक्ष हरि अधिकारी, बीएमकेका सचिव लक्ष्मण थापा, प्रतियोगिता संयोजक अनुप मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । यही असोज ४ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।