जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार १३:२७

नेपाललाई चौथो सफलता, कुशल भुर्तेलले लिए दोस्रो विकेट


काठमाडौं, १६ बैशाख । वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो सफलता हासिल गरेको छ । नेपाललाई चौथो सफलता कुशल भुर्तेलले दिलाएका हुन् । कुशलले वेस्ट इन्डिज ए का कीची कार्टीलाई आउट गरेका हुन् ।

उनको यस खेलमा यो दोस्रो विकेट हो । यसअघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १४ ओभरमा ४ विकेट गुमाएर ८३ रन बनाएको छ ।