जनता टाइम्स

१६ बैशाख २०८१, आईतवार २१:५३

प्रवासी नेपाली मञ्च साउदीको अल कासिम क्षेत्रीय कमिटीको अध्यक्षमा भक्तबीर राई चयन


साउदी अरव, बैशाख १६ । प्रवासी नेपाली मञ्च साउदी अरेबियाको अल कासिम क्षेत्रको अध्यक्षमा भक्तबीर राई चयन हुनुभएको छ ।

यही अप्रिल २७ तारिक सम्पन्न अल कासिम क्षेत्रको दोश्रो क्षेत्रीय भेलाले राइको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको प्रवासी नपाली मञ्च अन्तराष्ट्रिय कमटीका सदस्य एवं साउदी अरेबिया इञ्चार्ज बलराम गिरीले जानकारी दिनुभयो ।

क्षेत्रीय कमिटीको उपाध्यक्षमा वीरबहादुर तमाङ, सचिबमा उमेश बराल, कोषाध्यक्षमा राज पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कमलबहादुर सुनुवार, शान्ता बिक्रम शाही, टेकबहादुर बिक र कालीबहादुर बाराइली चयन हुनुभएको छ ।

साउदी अरेबिया राष्ट्रिय कमिटीका सचिब राजु खनालको सञ्चालन तथा प्रकाश शर्माको अध्यक्षतामा भएको भेलामा प्रवासी नेपाली मञ्च साउदी अरवका अध्यक्ष अमर श्रेष्ठ प्रमुख आतिथी रहनुभएको थियो ।

भेलालाई प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका उपाध्याक्ष कृष्ण कार्की, आर्थिक बिभाग प्रमुख रुपक वाइवा, गैर आवासीय नेपाली संघ साउदी अरेबियाका उपाध्याक्ष्य मनिष कोइराला, सचिब ध्रुव कटुवाल, सदस्य काजी कन्दङ्वा, क्षेत्रीय अध्यक्ष कृष्ण अधिकारी सचिव सिद्धिलाल श्रेष्ठ, नेपाली युबा क्लबका अध्यक्ष बिनोद खड्कालगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

बक्ताहरुले प्रवासी नेपाली मञ्चले पछिल्लो समय आफ्नो संगठन बिस्तार र कमिटी गठन पुनर्गठनलाई उल्लेखनीय रुपमा अघि बढाएको भन्दै प्रवासीको पीडामा मल्हम लगाउने काम गरेको भन्दै खुलेर प्रसंशा गर्नुभएको थियो । सो कामको सिलसिलामा नेपालमा रहेको कारण सहभागी हुन नसक्नुभएका प्रवासी नेपाली मञ्च साउदीका इञ्चार्ज बलराम गिरीले अध्यक्षमार्फत शुभकामना दिनुभएको थियो ।