जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ०७:३६

आइपिएल : तुषार चम्किँदा हैदरावादमाथि चेन्नईको सहज जित


एजेन्सी, १७ वैशाख । काठमाडौँ। तुषार देशपाण्डेको कसिलो बलिङसँगै साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा सनराइजर्स हैदरावादमाथि सहज जित हासिल गरेको छ।

आइतबार राति सम्पन्न खेलमा चेन्नई ७८ रनले विजयी भएको हो। जितसँगै ९ खेलबाट १० अंक जोडेको चेन्नई तेस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको हैदरावाद चौथो स्थानमा झरेको छ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदरावादले १८।५ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो।

हैदरावादका ओपनरद्वय ट्रेविस हेड १३ र अभिषेक शर्मा १५ रनमा आउट भए। एडम मारक्रम ३२, नितिशकुमार रेड्डी १५, हाइनरिक क्लासन २० र अब्दुल समद १९ रनमा आउट हुँदा तल्लोक्रमका ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

चेन्नईका तुषारले ३ ओभर बलिङ गर्दै २७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए। उनले हेड, अभिषेक, अनमोलप्रीत सिंह र प्याट कमिन्सको महत्त्वपूर्ण विकेट लिएका थिए।

मुस्तफिजुर रहमान र मथीशा पथिरानाल २–२ विकेट लिँदा शार्दुल ठाकुर र रवीन्द्र जडेजाको नाममा ११ विकेट रह्यो।