जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार ०९:५९

नेपाली नागरिकताको निरन्तरता प्रवासी नेपाली मञ्चको बटमलाइन, प्रवासमैत्री कानून नबनेका कारण बिदेशी लगानी भित्रिन नसकेको अध्यक्ष थापाको ठोकुवा


टेक्सास (अमेरिका), बैशाख १७ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले गैरआवासीय नेपालीको माग नेपाली नागरिकताको निरन्तरता रहेको बटमलाइन सुनाउनु भएको छ ।

प्रवासी नेपाली मञ्च अमेरिकाको टेक्सास राज्य कमिटीको अधिबेशनमा अध्यक्ष थापाले यस्तो बटमलाइन सुनाउनु भएको हो । टेक्सास राज्य कमिटीको अधिवेशन अप्रिल २७ तारिक शनिबार टेक्सासको युलेशमा अध्यक्ष थापाले उदघाटन गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै अध्यक्ष थापाले हालै नेपाल सरकारले नागरिकता बिधेयकमार्फत ल्याएको गैरआवासीय नेपाली नागरिकताले प्रवासीहरुका समस्या समाधान नगर्ने बताउनु भयो ।

‘गैरआवासीय नेपालीको माग नेपाली नागरिकताको निरन्तरता नै हो । अहिले नेपाल सरकारले नागरिकता बिधेयकमार्फत ल्याएको गैरआवासीय नेपाली नागरिकताले प्रवासीहरुका समस्या समाधान गर्दैन । बरु थप समस्या, झन्झट ल्याएकाले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउनु परेको हो,’ अध्यक्ष थापाले भन्नुभयो ।

प्रवासमैत्री कानून नबनेका कारण नेपालमा बिदेशी लगानी भित्रिन नसकेको हो । प्रवासमैत्री कानून निर्माण भएमा प्रवासीहरुले स्वदेशमा बिभिन्न उद्योग व्यवसायमा लगानी गर्न सक्ने र त्यसबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने छ । यो यथार्थतालाई हामी सवै मिलेर नेपाल सरकारलाई बुझाउन लाग्नुपर्छ

थापाले प्रवासमैत्री कानून नबनेका कारण नेपालमा बिदेशी लगानी भित्रिन नसकेको तथ्यसमेत औंल्याउनु भयो । प्रवासमैत्री कानून निर्माण भएमा प्रवासीहरुले स्वदेशमा बिभिन्न उद्योग व्यवसायमा लगानी गर्न सक्ने र त्यसबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने थापाको भनाई थियो ।

‘प्रवासमैत्री कानून नबनेका कारण नेपालमा बिदेशी लगानी भित्रिन नसकेको हो । प्रवासमैत्री कानून निर्माण भएमा प्रवासीहरुले स्वदेशमा बिभिन्न उद्योग व्यवसायमा लगानी गर्न सक्ने र त्यसबाट स्वदेशमै रोजगारीको वातावरण बन्ने छ । यो यथार्थतालाई हामी सवै मिलेर नेपाल सरकारलाई बुझाउन लाग्नुपर्छ,’ अध्यक्ष थापाले भन्नभयो ।

बिभिन्न बिचार तथा धर्मको नाममा नेपाली समाज बिभाजन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष थापाले प्रवासी नेपालीहरुलाई एकताबद्ध बनाउँदै मातृभूमिसँग जोड्न प्रवासी नेपाली समुदायका अगुवाहरुले सोच्नु पर्ने बेला आएको धारणा पनि राख्नुभयो ।

अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिवालय सदस्य तथा अमेरिका महादेश कमिटी इचार्ज प्रभु थापाले मञ्च प्रवासमा रहेका सवै नेपालीको पीडामा मल्हम लगाउने काममा लागेको भन्दै अव हरेक प्रवासीको समस्यामा आइपुग्ने गरी काम अघि बढाउने बताउनु भयो । नेपाली समुदायको छाता संस्था गैरआवासीय नेपाली संघ आफैमा बिभाजित बनेको र प्रवासी नेपालीहरुका समस्याहरु समाधान गर्न पहल गर्न नसकेका कारण प्रवासी नेपाली मञ्चले नेतृत्वदायी भूमिका खेलिरहेको इञ्चार्ज थापाको भनाई थियो ।

हामी प्रवासी नेपाली समुदायका साझा सवालहरुका पक्षमा जनमत जुटाउँदै दवाव र जागरणको अभियान सञ्चालन गरिरहेका छौं । हामी प्रचार भन्दा काम गरिरहेका छौं । भुकम्प, कोरोनालगायत नेपालमा परेका बिभिन्न विपदको समयमा प्रवासी नेपाली मञ्चले सञ्चालन गरेको बिभिन्न राहतका कार्यक्रम यस्को प्रमाण हो

‘हामी प्रवासी नेपाली समुदायका साझा सवालहरुका पक्षमा जनमत जुटाउँदै दवाव र जागरणको अभियान सञ्चालन गरिरहेका छौं । हामी प्रचार भन्दा काम गरिरहेका छौं । भुकम्प, कोरोनालगायत नेपालमा परेका बिभिन्न विपदको समयमा प्रवासी नेपाली मञ्चले सञ्चालन गरेको बिभिन्न राहतका कार्यक्रम यस्को प्रमाण हो,’ थापाले भन्नुभयो । उहाँले अव मातृभूमिको समृद्धिका लागि प्रवासमा रहेका सवैले सोच्नुपर्ने बेला आएको भन्दै त्इससतर्फ आफ्ना पाइला अघि बढाउन पनि सवलाई आग्रह गर्नुभएको छ ।

धिवेशनमा प्रवासी नेपाली मञ्च अमेरिका महादेश कमिटीका संयोजक ईश्वरी भट्ट, राष्ट्रिय कमिटीका उपाध्यक्ष गोपाल कँडेल, भीमप्रकाश ओली, युलेश सिटी काउन्सिल सदस्य टीका पौडेल, प्रवासी नेपाली मञ्च अमेरिकाका सँस्थापक तथा सल्लाहकार जनक राना, नेपाली जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनाली, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, गैरआवासीय नेपाली सँघ अमेरिकाका कोषाध्यक्ष सरोज सिग्देल, नेपाल अमेरिका पत्रकार सँघका अध्यक्ष सुरज भण्डारी, प्रवासी नेपाली एकता मञ्चका अन्तराष्ट्रिय कमिटीका सहसंयोजक भिम कार्कीलगायतका बक्ताहरुले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।

प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता र सहसचिव सब्दिता प्याकुरेलको सञ्चालन गर्नुभएको कार्यक्रममा अधिवेशन आयोजक समितिका संयोजक राजु नेपालले स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा प्रवासी नेपाली मञ्च अमेरिका टेक्सास राज्य कमिटीका पूर्बअध्यक्ष तथा बर्तमान केन्द्रीय सदस्य मणि भण्डारी तथा अर्का संस्थापक जनक रानालाई टेक्सास राज्य कमिटीको तर्फबाट सम्मान गरिएको थियो । अधिवेशनले राजु नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।