जनता टाइम्स

१२ आश्विन २०७६, आईतवार १८:१२

गीतकार बनिन शान्ता चौधरी, पर्सि प्रधानमन्त्री ओलीबाट गीति एल्वम बिमोचन


काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले गीति एल्बम निकाल्नुभएको छ । सचेतक चौधरी र नेकपाकी अर्की नेतृ भगवती न्यौपानेको रचनालाई गीति एल्वम निकालिएको हो ।

यायिका अञ्जु पन्त, गायक बद्री पंगेनी र शिशिर योगीको स्वर रहेको गीति एल्बम मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रहेको नेतृ चौधरीले जनताटाइम्सलाई बताउनु भयो । कमलरी पृष्ठभूमिबाट भूमिअधिकारको अभियान हुँदै मूलधारको राजनीतिमा आउनुभएकी नेतृ शान्ताले यसअघि ‘कमलरीदेखि सभासद्सम्मु पुस्तक पनि लेख्नुभएको छ ।