जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार ०९:२६

समातिए मेयर रेनु दाहालको चरित्र हत्या गर्दै फेसबुकमा पोष्ट गर्ने अभियुक्त


चितवन, असोज १३ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्रहत्या गरेर सामाजिक सञ्जालमा अश्लील सामग्री पोष्ट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ३० वर्षीय पशुपति श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको हो ।

प्रहरीले अन्य आरोपीहरुको पनि सूची बनाएर खोजी गरिरहेको जनाएको छ । दाहालको चरित्रहत्या हुनेगरी फेसबुकमा पोष्ट गरिएका अश्लील श्रब्यदृश्य र स्टाटस हाल्नेहरुबिरुद्ध भरतपुर महानगरपालिकाले आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गरेको थियो ।

केही अराजक समुहले हिजोदेखि मेयर दाहालबिरुद्ध तथानाम गालीसहित चरित्र हत्या गर्ने सामाग्री सामाजिक सञ्जालमापोष्ट गरेका थिए ।