जनता टाइम्स

२५ बैशाख २०८१, मंगलवार १३:५६

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौँ ल्याइदै


काठमाडौं, २५ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ हुनुभएको छ । रामेछापको मन्थली नगरपालिका–३ स्थित लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्न जाँदै गर्दा बेला मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ हुनुभएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदैछ ।