काठमाडौं, २८ वैशाख । कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक अवरोध भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गर्नुभएको हो ।
सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उहाँले बोलेलगत्तै नाराबाजीमा उत्रिनुभएको हो । त्यसपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्