जनता टाइम्स

३० बैशाख २०८१, आईतवार १५:४२

युक्रेनी सेनाद्वारा रुसको बेलगोरोडमा गोलाबारी : १७ जना अस्पताल भर्ना


मस्को, ३० वैशाख । युक्रेनी सेनाले रुसको सीमावर्ती क्षेत्र बेलगोरोडमा गरेको ठुलो गोलाबारीपछि एक बालकसहित १७ जनालाई अस्पतालमा भर्ना गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आइतबार बताउनुभएको छ ।

उहाँले शनिबार गोली प्रहार भएको र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । साँझमा भएको ठुलो गोलाबारीपछि २९ जना प्रभावित भएका र त्यसमध्ये दुई महिलाको अवस्था अत्यन्तै नाजुक रहेको छ ।

चिकित्सकहरूले उनीहरूको जीवन बचाउनका लागि सक्दो प्रयास गरिरहेका गभर्नरले बताउनुभयो । तीन सयभन्दा बढी अपार्टमेन्ट र धेरै सामाजिक संरचनामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।