स्पेन, बैशाख ४ । प्रवासी नेपाली मञ्च स्पेनले नेकपा एमालेका तात्कालिन महासचिव मदनकुमार भण्डारी र कुसल संगठन जीवराज आश्रितको स्मृति दिवसमा भब्य कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कम्युनिष्ट तथा प्रजातान्त्रिक आन्दोलनका शीखर पुरुष नेताद्वयको स्मृति दिवसको अवसर पारेर मञ्चले जेठ ३ गते बिशेष कार्यक्रमसहित नेपाली क्यालेण्डरको विमोचन गरेको छ ।
प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुङ्गानाको अध्यक्षता र सचिव शिवप्रसाद गौतमले सञ्चालन गर्नुभएको सो कार्यक्रमको प्रमुख अतिथी प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको संयोजक मुक्तबहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा मञ्चका कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु तथा शुभेच्छुकहरुले भौतिक उपस्थिति रहेको थियो ।
कार्यक्रममा बक्ताहरुले जननेता मदन भण्डारी र कुसल संगठक जीवराज आश्रितको तस्वीरमा फूल तथा अबिर अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो भने जुममा जोडिएका नेताहरुले शब्दद्वारा श्रद्धासुमन अर्पण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले कार्यक्रमको उदघाटन र नेपाली क्यालेण्डरको विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङले जननेता मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादका बारेमा प्रकाश पार्दै स्वदेशदेखि बिदेशमा रहेका सवै नेपाली जवजकै मार्गर्दशनमा अघि बढनुपर्ने बताउनु भयो । उहाँले जवज नेपाली क्रान्तिको मौलिक कार्यक्रम रहेको र अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परिकल्पना गर्नुभएको समृद्ध नेपाल सुखी नेपाली जवजकै मार्गदर्शन रहेको धारणा पनि राख्नुभयो ।
कार्यव्यस्थताका कारण कार्यक्रममा उपस्थित हुन नसक्नु भएका प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले लिखित सन्देशमार्फत मदन आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै क्यालेण्डर प्रकाशित गरेकोमा मञ्चलाई धन्यवाद दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्