अन्तोर्पेन (बेल्जियम), जेठ ७ । प्रवासी नेपाली मञ्च बेल्जियमको अध्यक्षमा विनोद न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ । अन्तोर्पेन शहरमा आइतवार सम्पन्न सातौं अधिवेशनले न्यौपानेको नेतृत्वमा दुई सदस्इ पछि पूर्ति गर्ने गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
यसैगरी अधिवेशनले उपाध्यक्षमा रमेश पौडेल, सचिवमा बुद्धि बराल, उपसचिवमा हरि सिम्खडा र लोकनाथ बर्मालाई निर्विरोध रुपमा चयन गरेको छ । यस्तै सदस्यहरुमा मुना केसी, जीवन शर्मा, पेमा शेर्पा, सुरज खरेल, सबिता अधिकारी दाहाल, अनिता महर्जन, मुना ताम्राकार, राजु बराल र तीर्थ धमला चयन हुनुभएको छ । यसैगरी सारा अर्याल, हरि भट्टराई, जगत सुवेदी, सूर्यनारायण श्रेष्ठ, कमला सुवेदी, गोबिन्द वली, जनक सुवेदी, कृष्ण सिम्खडा र सन्जित सापकोटा सदस्यमा सर्वसम्मत चयन हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनलाई उपसचिव कर्ण शाही, अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा युरोप इन्चार्ज भक्त वाग्ले, अन्तराष्ट्रिय कमिटीका सदस्यहरू शिबकुमार बरूवाल, सन्तोष भट्टराई, युरोप संयोजक मुक्तबहादुर गुरुङ, सचिव सालिक थपलिया र युरोप कमिटी सदस्य इन्द्रप्रसाद ओलीले आफ्नो धारणा राख्नुभएको थियो ।
यसैगरी नेपाली दूतावास ब्रसेल्सका प्रतिनिधि रमेश गैरे, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई, बेल्जियम शाखा अध्यक्ष ओम शर्मा, नेपाली जनसम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशी, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियम अध्यक्ष मेख गुरुङ, मोर्चाका युरोप अध्यक्ष बदन योङ्हाङ, नेपाली जनप्रगतिशिल मञ्च बेल्जियम अध्यक्ष प्रकाश पौडेल, मञ्चका युरोप अध्यक्ष चित्र सुबेदी, सँघीय समाजवादी बेल्जियम अध्यक्ष नेत्र मगर, किरात राई सोसाईटी बेल्जियमका संरक्षक मुना राई विश्वमगर, संघ बेल्जियमका अध्यक्ष लोक राना, तमु समाज बेल्जियमका अध्यक्ष होम गुरुङलगायतका सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि शेर्पाले प्रवासी नेपाली मञ्च पीडामा परेका सवै नेपालीको बीचमा पुगेर अबिभावकको रुपमा काम गर्नुपर्ने बताउनु भयो । अन्तराष्ट्रिय कमिटीले अहिले स्पष्ट मापदण्ड बनाएर काम अघि बढाएको जानकारी दिँदै सचिव शेर्पाले जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च पुग्नुपर्ने भन्दै सोहीअनुसार बेल्जियम कमिटीले काम गर्नुपर्ने बताउनु भयो ।
प्रबासी नेपाली मञ्च बेल्जियमकी अध्यक्ष चन्द्रकुमारी गुरुङ इशाको अध्यक्षतामा भएको उदघाटन समारोहको सञ्चालन सचिव रुद्र लम्सालले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्