जनता टाइम्स

१० जेष्ठ २०८१, बिहीबार ००:४४

बिशेष कार्यक्रम गरी मनायो प्रवासी नेपाली मञ्च इजरायलले आफ्नो स्थापना दिवस


इजरायल, जेठ १० । प्रवासी नेपाली मञ्च इजरायलले आफ्नो ८औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा इजरायल राष्ट्रिय कमिटीले कार्यकर्ता भेला तथा शुभकामना आदानप्रदान कार्यक्रमसहित भब्य रुपमा मनाएको हो ।

प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गिता सुवेदीका अनुसार यही मे १७ र १८ तारिक बिबिध कार्यक्रमको आयोजना गरी मञ्चको स्थापना दिवस मनाइएको छ । प्रवासी नेपाली मञ्च इजरायलको स्थापना १२ मे २०१६ मा भएको थियो ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य तथा महिला सशक्तिकरण बिभाग प्रमुख ज्योती शर्मा प्रमुख आतिथि रहनुभएको सो कार्यक्रममा अतिथीका रुपमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका श्रम तथा रोजगार प्रबर्धन बिभागका सदस्य तथा राष्ट्रिय कमिटी इजरायलका सल्लाहकार परिषद अध्यक्ष गोबिन्द राजथला रहनु भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख आतिथि शर्माले प्रवासी नेपाली मञ्च इजरायलमा रहेका संघ संस्थाहरुमध्यकै अब्बल संगठन रहेको भन्दै संस्थामा भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिनुभयो । उहाँले मञ्चले अहिलेसम्म गरेको राम्रा कामलाई निरन्तरता दिँदै अव इजरायलमा रहेका सवै नेपालीको बीचमा संघलाई पुर्याउने काम गर्न राष्ट्रिय कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिनुभयो ।

हमाश आक्रमणको बेला आफ्नो जीवनको पर्वाह नगरी नेपालीको उद्धार तथा राहतमा खटिएर उत्कृष्ट भूमिका निर्वाह गरेको प्रवासी नेपाली मञ्च इजरायलले आगामी दिनमा पनि यस्तै उत्कृष्ट भूमिका निर्वाह गरी सवैका लागि आशा र भरोसा जगाउनु पर्ने बताउनु भयो । सो अवसरमा उहाँले संगठन निर्माणमा खटने सवै सदस्यहरुको खुलेर प्रसंशा गर्दै धन्यवाद दिनुभयो । प्रमुख अतिथी शर्माले प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष गीता सुवेदीले संगठनलाई गर्नुभएको कुशल नेतृत्व सवैका लागि प्रेरणादयी रहेको बताउनु भयो ।

राष्ट्रिय कमिटी इजरायलका अध्यक्ष गीता सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिव रमेश जोशी र स्वागत उपाध्यक्ष शिबराज खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, बिभागीय प्रमुखहरुका साथै इजरायलमा रहेका नेकपा एमालेका संगठित सदस्यहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।

कार्यक्रम इजरायलको दक्षिणी भूभागमा पर्ने तीन लालसागरको तटमा अवस्थित सुन्दर शहर इलातमा आयोजना गरिएको थियो । कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत गरिएको अध्यक्ष सुवेदीले बताउनु भयो । यस्तै संगठन निर्माणमा कार्यसमितिमा रहेर महत्वपूर्ण योगदान गर्ने नेताहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा समापन मन्तब्य राख्दै अध्यक्ष सुवेदीले धेरै उतार चढावमा पनि संगठनप्रति कटिबद्ध रहेर संगठनलाई यो उचाइमा पुर्याउन सदैव सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्नुभएको छ ।