जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार ०६:३२

तँ न माफीको लायक भइस, न मायाको लायक ( महरा र पीडित रोशनी शाहीबीचको भाइबर म्यासेज)


काठमाडौं, असोज १५ । राजीनामा दिएका सभासद कृष्णबहादुर महराबाट र पीडित भनिएकी महिला रोशनी शाहीबीचको भाइबर म्यासेजको सार्वजनिक भएको छ ।

हाम्रा कुरा डटकम अनलाइनले रोशनी शाहीसँग गरिएको कुराकानीको दोस्रो अंश सार्वजनिक गरेको छ । ७ मिनेट लामो भिडियो कुराकानीमा महरा र रोशनीबीच भएको सम्वादको कुरालाई निरन्तरता दिइएको छ ।

M sir (महरा सर हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन्, फर्गेट एस्टर्डे । सोमबार बिहान ८ बजेर ८ मिनेटमा महराले महिलालाई म्यासेज गर्दै फर्गेट एस्टर्डे भनेका छन् । मतलब हिँजोको कुरा बिर्स भन्दै माफी मागेका छन् ।

त्यसको जवाफमा भने महिलाले भने ८ बजेर ३८ मिनेटमा जवाफ फर्काउँदै तेरो सकिने दिन आयो भनेकी छिन् । महिलाले महरालाई पठाएको अर्को म्यासेजमा सबैतिर तेरो र्‍युमर फैलाउँछु भन्दै म्यासेज पठाएकी छिन् ।

उनले लेखेकी छिन्, तँ न माफीको लायक भइस, न मायाको लायक, सबैतिर तेरो र्‍युमर फैलाउँछु, अब सिजेलाई पनि सबै भने, तेरो उपसभामुखलाई पनि भनें मेसेज गरेर ।

हिँजो पुलिसलाई बयान दिएँ के के भको भनेर । तैंले पिटेका ठाउँ ठाउँका निलडाम मेरो औंला भाँचिने गरी बटारेको सुन्निएको सबै मोबाइलमा रेकर्ड गरेर लगेको छ । पम्फालाई म्यासेज गरें । गर्न सक्ने सबै गर्छु, तँलाई बचाएर के काम अब ?’ र, त्यसको लगत्तै उनले अर्को म्यासेज गरेकी छिन्, ‘तँ न माफीको लायक भइस्, न मायाको लायक ।’

महिलाको यही म्यासेजको अर्थ लगाउने हो भने महरा र उनीबीच लामो समयदेखि प्रेम सम्बन्धमा रहेको हुनसक्ने संकेत गरेको छ । यद्यपि एम सर वान नाममा सेभ गरिएको म्यासेज महराले नै पठाएको हो कि होइन वा त्यो कुन नम्बर थियो भन्ने स्पष्ट भएको छैन । पहिले सार्वजनिक भएको ९८५१११६४५६ नम्बरको मोबाइल् भने महिलाले M sir को नाममा सेभ गरेकी छिन् ।