जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १६:४३

पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट


काठमाडौं, १५ जेठ । अर्थमन्त्री बर्षमान पुनले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट छुट्ट्याएको घोषणा गर्नुभएको छ ।

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।