जनता टाइम्स

१५ आश्विन २०७६, बुधबार ०९:२४

एनआरएनए अमेरिकाको प्रतिनिधि छनोट : आफन्तबाहेक नपर्ने साँच्चै बवाल छ नयाँ मापदण्ड !


टेकराज पौडेल

आगामी अक्टुबर १५-१७ मा काठमाडौ हुन गैरहेको एन आर एन विश्व सम्मेलनमा यति बेला बिश्वका करिब ८० देशबाट करिब ४००० प्रतिनिधि नेपाल जाँदैछन । यसमध्य सबै भन्दा धेरै बेलायतबाट करिब २०० र १८० को हाराहारीमा अमेरिकाबाट जाँदैछन । विश्व सम्मेलनमा जान रहर नगर्ने कोही हुँदैन । यहाँ लान सबैलाई सम्भव नहुने भएकोले हरेक देशमा रहेको एनसिसिलाई प्रतिनिधि छनौट गर्न एउटा कार्यबिधी र मापदन्ड बनाएर पठाएको हुन्छ। खासगरी एनआरएन गतिबिधिमा लागेर धेरै सकृय र जिम्मेवारमा रहेकाहरुलाई छनौट गर्न अनिबार्य गरेको हुन्छ । कतिपय एनसिसिहरुले आफ्नो देशको अवस्था र बाध्यताका कारण विशेष अधिकार प्रयोग गरेर आफ्नो कार्यक्षेत्रमा पारेर आइसिसिको भन्दा फरक मापदन्ड पनि बनाउन सक्दछन । अमेरिकाले त्यस्ता प्रतिनिधिको नाम भर्खर ३ चरणमा प्रकाशित गरेको छ ।

प्रकाशित नाम लिस्टका अनुसार भने न आइसिसिको निर्देशन मानेको देखिन्छ, न एनसिसिको कार्यसमितिको निर्णय नै आबश्यक ठान्यो ।एनसिसिको बैठकबाट बरिष्ठ उपाध्यक्षको नेतृत्वमा ११ जना पदाधिकारिहरु रहने गरी मापदण्ड निर्माण र नाम सिफारिस गर्ने गरी जुलाई ७ को सिकागोको बैठकले निर्णय गरेको थियो । जुन कमिटीले आफुहरुलाई नाम सिफारिस गर्न जिम्मा दिएको हो, उक्त कमिटीमा मापदन्ड पारित र नाम सिफारिस नै नगरी सिफारिस समितिले नै धमाधम नाम प्रकाशित गर्यो । २५ जनाको कार्यसमितिमा बहुमत सदस्यहरु १३ जनाले सिफारिस समितिले नाम सिफारिस गर्नुको साटो आफै सिधै प्रकासशत गर्नु अबैधानिक र एनआरएन अमेरिकालाइ बिबादमा पार्ने षडयन्त्र भएको बैठकले ठहर गर्यो । कार्यसमितिको पुर्ण बैठकले प्रकाशित नामलाई बैधानिक प्रदान गर्नु पर्दछ भन्दै महासचिबलाई बैठक डाक्न निबेदन दिएका छन।

छनौट समितिका सम्योजक बरिष्ठ उपाध्यक्षले ४ जना उपाध्यक्षमध्य २ जना, महासचिब र सचिबमध्य १ जना, कोषाध्यक्ष र सहकोषाध्यक्षमध्ये १ जना, युबा र महिलामध्य १ जनालाई आफ्नो पक्षमा बहुमत बनाएर सिफारिस समितिको मात्र बहुमतबाट मात्र नया मापदन्ड बनाउनु भै लिस्ट प्रकासित गरेपछि एनआरएन अमेरिका यति बेला हङ्गमा छ । उता यही अवसर पारेर आफ्ना केही प्रतिनिधीहरु पार्ने दाउमा अबैधानिक काम गर्न आइसिसीका मान्छेहरु लागेका हल्ला पनि चलेका छन । तर जे होस मलाई सिफारिस समितिले ठूलो मूल्य चुकाएर बहुमतबाट बनाइएको नयाँ मापदन्ड निकै बैज्ञानिक र बास्तबिकतामा आधारित बनेको डेलिगेट्समा नाम परेका मान्छेको अनुहार देख्दा नै साच्चै रमाइलो अनुभुत गरेको छु । हामी बाहिरबाट हेर्नेले बढो बैज्ञानिक मापदण्ड बनेको देखियो । प्रतिनिधिमा पर्न नपाएर बिरोध गर्नेहरुले सिफारिस समितिका मान्छेहरुले आफ्नै २ छोरा, बिजनेस पाट्नर, साला साली, गर्लफ्रेन्ड र श्रीमती तथा आफ्ना अन्धभक्त झोले खोलेहरु र ड्लरमा बिक्नेहरु मात्र प्रतिनिधिमा पारेको भन्ने आरोप लगाएका छन ।

यस्तो नया मापदण्डको महत्त्व नबुझेर केही बिरोधिहरु जस्ले बिज्ञान र बास्तबिकतालाई बुझ्दैन । उनीहरुले बिरोध गरेका छन १ बिगतदेखि बर्तमानमा एन आर एन अभियानमा लामो योगदान गरेकाहरुलाई नपारेको भन्दै बिरोध गर्नु मुर्खता बाहेक केही होइन १ काम गर्ने मान्छे नै डेलिगेट हुन के जरुरी छ ? जहाँ पनि उसैले अवसर पाउनु पर्दछ भन्ने कहाँ लेखेको छ ? यस्ता मान्छेहरुको मुखमा बुझो लगाउने गरी अध्यक्ष सुनिल शाहको बोलेको भनाइलाई युएस खबर अनलाइनले झ्याप्प समाचार दियो कि ूनया मापदन्डका कारण तपाइहरु डेलिगेट्समा पर्न सक्नु भएन ू। हुन पनि हो १ नयाँ मापदन्ड्का कारण बिरोधिहरुको नाकमुख सुक्ने अवस्था आयो । अध्यक्षज्युको एउटै बोलिले जबाफ दिन नपर्ने भएपछि अध्यक्ष त बबाल न बनाईएछ भन्दै जनसम्पर्कका मान्छेहरु दङ्ग छन । हुन त अध्यक्षज्युले केही समय अघि सार्वजनिक रुपमै पनि अमेरिकाका केही उम्मेदवारहरुलाई भोट नदिने खालका मान्छेलाई प्रतिनिधि बनाइने छैन भनेर हाकाहाकी भन्नू भएकै थियो । सुनिल शाह नेपाल नपुग्दै गल्फ कन्ट्री तिरबाटै दिएको जबाफ र नया मापदन्ड्को बारेमा अहिले अमेरिकाभर चर्चामा छ । यो मापदन्ड विश्वका अन्य देशमा पनि अगालिएको भए एन आर एन गतिबिधिलाई अब बिस्वब्यापी गराउन सजिलो पर्ने हुन्छ ।

मापदन्डको आधार र उदेश्य : एनआरएन अभियानलाई नया शिराबाट अघि बढाउन बिगतमा कस्ले कति योगदान दिए भनेर पुग्दैन । अब यो अभियानलाई दिगो र स्थायी बनाउन जरुरी छ । हाल जिम्मेवारिमा रहेका ब्यक्तिहरुकै परिबार भित्रैबाट शुरु गर्ने र यसको शुरुवात यही एनआरएनए विश्व सम्मेलनको प्रतिनिधि छनौटमै सन्केत दिने गरी कार्य शुरु गर्ने । त्यस्को लागि प्रतिनिधिमा शुरुको मापदन्ड यश प्रकार हुने छ ।

छोराहरु प्रतिनिधि : अन्य पदाधिकारीहरुका छोराहरु सदस्य लिन योग्य नभएकाले मध्य पस्छिम क्षेत्रका उपाध्यक्षज्युले आफू रोल मोडल बन्न तयार हुनु भयो र आफ्ना दुई सहोदर छोराहरुलाई प्रतिनिधि बनाउनु भयो । हरेक मान्छेको लागि छोरा भन्दा नजिकको आफ्नो प्रतिनिधि अरु कुनै हुन्न । आफ्नो शेष पछि पनि आफ्नो सम्पत्तिको हकदार हुने अधिकार धेरै जसो ठाउमा छोराहरु कै लागि ब्यबस्था गरेको हुन्छ बेदले प्रतिनिधिका लागि १० प्रकारका छोरा कै कल्पना गरेको छ ।स्वस्थानिमा पनि साङ्गेतामा १०८ को हिसाबमा सुपारी, रोटि, पान, फलफुल छोरालाई खुवाउनु भनेको छ छोरा नभए मीत छोराको समेत कल्पना गरेको छ ।बिज्ञान र आध्यात्मिक दुबै हिसाबले छोराहरु प्रतिनिधीमा पर्नु जायज र बास्तबिकतामा आधारित छ । राम्रोबाट नराम्रो तिर यात्रा थालेको एनआरएन अमेरिकालाई बचाउन यो मापदन्ड कोशे ढुङ्गा साबित हुने निस्चित छ ।

श्रीमती प्रतिनिधि : हरेक हिसाबले आफ्नि श्रीमती भन्दा नजिक अरु कुनै हुन्न । आफ्ना हरेक कुराको ख्याल गर्ने देखि लिएर मन बहकिदा कतै कसैको निशानामा पर्ने अवस्था आउदा श्रीमती नै बिकल्प हुन सक्दछ ।एन आर एन मा पनि अरुलाई अगाढि सार्नु भन्दा श्रीमती नै भैदिए आफू भए सरह नै हो ।२ अवधि अधक्ष पड्काएका पुर्व अध्यक्ष शेष घले ज्युले तेश्रो पटक श्रीमतिलाई उम्मेदवार बनाएको पनि के हामिले नदेखेको हो र ? यश कारण श्रीमती हरेकको लागि खास्सा प्रतिनिधि हो । एनआरएन को अभियानमा श्रीमती छोडेर हिडदा टेक्सास र सिकागोको एन सिसि साधारण सभाको अवस्था ख्याल गरिदिए पुग्छ।

सालासाली प्रतिनिधि : हरेक मान्छेको लागि श्रीमतिका भाइबैनिहरु विशेष हुने गर्दछन श्रीमतिलाई खुशी राख्न उनका भाईबैनीलाई पनि खुसी बनाउनु पर्ने बाध्यता हुन्छ । अर्को महत्वोपुर्ण कुरा यो छ कि घरको रेखदेख र बिल भर्पाई भुक्तानीको लागि श्रीमती सहित दुबै जना नेपाल जाने परिस्थिति नबन्न सक्दछ । बैनिलाइ भिनाज्यु कै साथमा नेपाल पठाउदा दुबैको सुरक्षाको पनि ख्याल हुने हुन्छ ।अनि दशैको टिकामा ससुराली पुग्दा ज्वाइँ साब खोइ त शाला साली रु तपाईं एन आर एन को नेता हुदा साला साली बिना किन एक्लै आउनु भयो भने प्रश्न को जबाफ पनि सजिलो छैन । एउटा सालोलाई ल्याउन नसक्ने कस्तो खाले एन आर एन नेता बन्नु भयो रु भन्दा मुख रातिपिरो बनाएर चुप्प लाग्नु भन्दा ूसालोलाइ प्रतिनिधि नै बनाएर ल्याएको छु१ ससुरा बा ूभन्दा आफ्नो इज्जतको लागि पनि साला साली प्रतिनिधि उत्तम उपाए हो ।एन आर एन अभियन्ताको इज्जत नै सिङ्गो एन आर एन को इज्जत सङ्ग जोडिएको हुन्छ ।

बिज्नेश पार्ट्नर प्रतिनिधि : अमेरिकामा एन आर एन को नेतृत्वमा आउन सामान्य घन्टा हानेर काम गर्ने मान्छेलाई निकै गार्हो कुरा हो ।अमेरिका भित्र पनि अभियानको कामको लागि हिड्दा एक स्टेट बाट अर्कोमा जादा करिब ५००र७०० डलर खर्छ हुन्छ त्यस कारण एनआरएनमा काम गर्न इच्छा राख्ने मान्छे व्यावसायि हुनु जरुरी नै हुन्छ । अझ प्रतिनिधि भएर नेपाल पुग्दा यताको बिज्नेश नबिग्रोस र नेपाल बाट फर्केर आउदा बिज्नेसमा समस्या नहोस भन्ने हरेकको चाहाना हुनु अबश्य नै राम्रो कुरा हो ।भोलि बिज्नेस बिग्रेर मान्छे टाट पल्टियो भने एन आर एन गतिबिधिमा सम्लग्न हुन सक्दैन अनि बिग्रेन त एन आर एन तसर्थ सम्मेलन मै बिजनेस पाटर गए भने यताको ध्यान पुर्न रुपमा बिजनेस पार्ट्नर लाई दिने आफू पुर्णरुपमा सम्मेलनमा ध्यान दिने ।मुख्य मान्छेले चारै तिर ध्यान दिन पर्दाको अवस्थामा सबै तिर बिग्रन सक्दछ हरेक दिन साझ एक छिन के छ अमेरिकामा बिजनेश्को अवस्थारु भनेर सोधे सबै काम सजिलो ।यसकारण एन आर एन अभियानको लागि बिजनेस पार्ट्नर प्रतिनिधि हुनु जायज मापदन्ड हो ।

गर्ल्फ्रेन्ड प्रतिनिधि : खास गरेर अमेरिकाको विभिन्न कार्यक्रममा केही अभियन्ताहरुलाई विभिन्न आरोप लाग्ने गर्दछ कि त्यस्ता कार्यक्रममा गर्लफ्रेन्डसँग यसो रमाइलो गरेको पनि कतिपय एनआरएन बिरोधिहरुलाई पच्दैन । बदनाम गर्न अभियन्ताहरुको भिडियो क्लिपहरु फेसबुकमा र समाचारमा छाप्ने गर्दछन । अमेरिकामा नै श्रीमती छोडेर कार्यक्रममा सहभागी हुनेले झन महङ्गो हवाइ भाडा तिरेर नेपाल लाने कुरा भएन ।अमेरिकामा पो केही देखे हल्ला हुन्छ नेपालमा कस्ले चिन्छ र गर्लफ्रेण्ड लाई रु कतिपय ठाउमा श्रीमती नै हो भने पनि कसैले चिन्ने होइन ।श्रीमती सहित नेपाल जाने परिस्थिति नभएकाहरुको लागि गर्ल्फ्रेन्ड नै उत्तम प्रतिनिधि हो ।

खल्तिका पत्रकारहरु प्रतिनिधि : अमेरिकामा एन आर एन निर्वाचनको बेला पत्रकारहरुको चुरिफुरी यस्तो बन्दछ कि सबै मतदाताहरु पत्रकार कै कब्जामा छन र यिनलाई खुशी पार्न नसक्ने हो भने चुनाब हारिन्छ १ चुनाब को बेला केही ूकलोूपाएका पत्रकार र्हरु अलि अलि धन भएका बुद्धिमा बिर्को लाएका हरु लाई चुनाब आफुले जिताइदिने कसम नै खाएका हुन्छन कि आफुले समर्थन गरेको उम्मेद्वारको अरु त जहासुकै जावोस उसको ू दिसा ू अचम्मको निस्कन्छ । बिहानै निस्कने दिसामा ूअत्तरू को भन्दा राम्रो बास्ना आउँछ जस्ले गर्दा त्यो एरियामा बिहानको हावा खान हजारौ मान्छे मर्निङ्ग वाक गरिरहेका हुन्छन भने दिउसोको दिशामा सबै प्रकारका रोग निको हुने गरि प्रचार गरिदिन्छन ।

चुनाबमा कसैले जित्यो भने हाम्रो समाचारको कारण जित्यो भन्ने भ्रम पारिदिन्छन भने हार्यो भने चुनाबमा पत्रकारको मन खुशी गराउन सक्नु भएन कि भन्ने भ्रमको प्रमानित पनि गर्दिन्छन । अनि आइसिसिको चुनाबमा तपाइले जित्ने हो भने फलानो पत्रकारको खर्च ब्यहोरे र नेपाल लैजानुस भन्ने दबाब सृजना गरेर साच्चै हो कि झै पार्दछन अनि कसरी नलानु ? अनि पत्रकार एन आर एन का प्रतिनिधि १ पत्रकार त समाचार पो लेख्ने हो भोट हाल्न पनि पत्रकार लैजाने भन्नेहरुलाई यो पटक देखि भोट हाल्न समेत पत्रकार लैजाने स्थिती बैज्ञानिक छ ।जस्ले भोट हाल्दैन त्यस्ता पत्रकारले कसरी जान्द छ कि के राम्रो के नरामो रु जुन पत्रकारले भोट हान्यो उस्ले एन आर एन जान्यो १ यो मापदन्ड पनि बैज्ञानिक छ ।

झोले ,खोलेहरु प्रतिनिधि : अमेरिकाबाट जाने प्रतिनिधिहरुको रबाफ भिन्दै हुनु पर्दछ ।कहाको ५० डिग्री गर्मीमा पाकेको अरब कतारको कालो मान्छे र कहाँ अमेरिकामा डलर टिपेको मान्छे ? फरक त हुनु पर्यो नि आफ्नो रबाफ देखाउन को लागि पनि आफ्नो झोला भिर्दिने मान्छे यहि देखि प्रतिनिधि बनाइदिन सकियो भने अरुले हेर्ने दृस्ठिकोण नै फरक। अघि पछि झोला भिरिदिने मान्छे कत्ती पावोरर्फुल होलारु यस्ले एन आर एन मा ठूलो योगदान गर्न सक्दछ । यस्लाई जिताउन पर्दछ यसले प्रचार गर्ने मान्छे अमेरिका देखि नै ल्याएको छ ।यो त बबाल नै रहेछ भन्ने देखाउन पनि अमेरिका देखि झोले खोलेहरु लानु पर्दछ यो काम यो छनौट समितिले गरेकोले अमेरिकाको इज्जत बढेको छ यो पटक खोलेहरु पनि प्रतिनिधि रहेका छन। अमेरिकामा अहिले प्रतिनिधि भएका मध्य ७० प्रतिशत एउटै खोला टोलामा परेका छन । ११ जना छनौट समिति मध्य ६ जनाको बहुमतले छानेका प्रतिनिधि कि आफू बसेका सिटिमा रहेका आफन्त छन, कि नेपालमा आफ्नो जिल्ल्ला टोला खोलाका छन जस्ले गर्दा गत बर्स नेपालमा सम्मेलन स्थल मै कुटाई खानु परेको अवस्थालाई मध्य नजर गरेर यो बैज्ञानिक मापदन्ड निर्माण गर्नु परेको हो ।

गुटका मात्र प्रतिनिधि : बिगतमा अमेरिकाबाट धेरै प्रतिनिधि त जान्छन तर भोट कहाँ हाल्छन थाहा छैन अमेरिकाबाटै उम्मेद्वार भएका हरु बिगतमा हारेका छन त्यही भएर यो पटक ९५ प्रतिसत मान्छेहरु अमेरिकाबाट डा लाई भोट नहाल्ने लगिने छैन भनेर अध्यक्ष सुनिल शाहले १५ दिन अघि नै सन्केत गरेर नया मापदन्डको बारे नबाताएको होइन ।नबुझ्ने सङ्ग त कस्को के लाग्छ ? काङ्रेस भए भन्दैमा जिसि,बिस्ट खरेल वा जोशिको मान्छे लाने गरि कसरी मापदन्ड बनाउन सकिन्छ ? नेपालमा त कम्युनिस्टले कव्जा गरे कम्तिमा एन आए एन त कब्जा गर्नु पर्यो नि १यस्तो अवस्था पनि नबुझ्ने हो भने किन लोकतान्त्रिक हुनु पर्यो ? लोकतन्त्र बादी त उदार पो हुने हो ।कस्तो प्रतिनिधि लाने भन्ने के छलफल वा समज्दारीले हुने हो र ? किन बुझ्दैनन यो लोकतान्त्रिक भन्नेहरु ? यो बेला कम्युनिस्ट सङ्ग लड्ने बेला हो ।कम्युनिस्ट सङ्ग लड्दा लोकतान्त्रिक हुन सकिदैन भन्ने बुझ्नु पर्दैन । किनारा लगाउनुस बिपिबाद, किनारा लगाउनुस किसुनबाद १ ः यो बेला प्रचन्ड केपि सङ्ग लड्ने बेला हो ।