जनता टाइम्स

२१ जेष्ठ २०८१, सोमबार १७:४१

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर


काठमाडौं, २१ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको हो । उनीहरूमाथि ढंगाखानीमा अनियमितता गरेको आरोप छ ।