युएई, जेठ २६ । प्रवासी नेपाली मञ्च अबुधाबी राज्य कमिटीको अध्यक्षमा श्याम बिसी चयन हुनुभएको छ ।
जुन २ तारिकमा सम्पन्न ११औं अधिवेशनबाट बिसी सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । अधिवेशनले बिसीको नेतृत्वमा १३ सदस्यीय राज्य कमिटी गठन गरको प्रवासी नेपाली मञ्च युएईका सातौं अधिबेशन आयोजक कमिटीका संयोजक बाबुराम सापकोटाले जानकारी दिनुभयो ।
अधिवेशनले उपाध्यक्षमा जनक पाण्डे, सचिवमा गणेश पौडेल, उपसचिवमा केशब भण्डारी र सरिता खरेललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा गणेश पराजुली, अर्जुन भुर्तेल, दिपक बिश्वकमा, बिष्णु शर्मा, स्मिता खड्गी, लक्ष्मण भण्डारी, प्रकाश अधिकारी र गोकर्ण सुनार चयन हुनुभएको छ ।
आयोजक कमिटीका संयोजक देबराज कार्कीको अध्यक्षता र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा युएई राष्ट्रिय कमिटी निबर्तमान अध्यक्ष टक गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न ११औं अधिबेशनले नयाँ नेतृत्व चयनसँगै बिभिन्न प्रस्तावहरु समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्