युएई, जेठ २८ । प्रवासी नेपाली युवा मञ्च युएईको अध्यक्षमा दिपेन्द्र महत चयन हुनुभएको छ । यही जुन ९ तारिक सम्पन्न तेस्रो अधिवेशनले महतको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा राजकुमार माझी, सचिवमा रमेश खड्का, उपसचिवमा भरत बस्नेत र सुनिता बुढा मगर चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नबिन देशार, सुकबहादुर लिम्बु, रबिन्द्र लामा, सिद्धबहादुर साउद, राजेन्द्र अधिकारी, भगवति गुरूङ, तुलशा श्रेष्ठ र सन्जना थापा चयन हुनुभएको छ ।
यसैगरी अधिवेशनले साबित्री नेपाली, अमृत बिक, सन्तोस बाबु पुन मगर, इश्वरी नाथ योगी, चित्रबहादुर रानाभाट, बाबुकाजी आले, सुनिल क्षेत्री र टोपबहादुर खत्रीलाई कार्यसमितिको सदस्यमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
आयोजक समितिका संयोजक प्रेमबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य टंक गुरुङ प्रमुख अतिथी रहनुभएको थियो ।
अधिवेशनमा मध्यपुर्व कमिटी संयोजक प्रकाश कोईराला, मध्यपूर्व महदेश कमिटीका सदस्य कृष्णप्रसाद आचार्य र युएईका सातौ अधिबेशन आयोजक कमिटी संयोजक बाबुराम सापकोटा बिशेष अतिथी रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्