जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १५:२२

‘चिनिया राष्ट्रपतिको भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा’


काठमाडौं, असोज १६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको मुख्य एजेण्डा रेल हुने बताउनु भएको छ । केरुङ–काठमाडौं रेलमार्गको चर्चा भईरहेका बेला उहाले सोही रेलका विषयमा मुख्यत छलफल हुने बताउनु भएको हो ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर आज स्वदेश फर्किनु भएका परराष्ट्रमन्त्री ज्ञवालीले चीनका राष्ट्रपति सी को भ्रमणको मिति भने छिट्टै तय हुने बताउनु भयो । छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग–रसुवा काठमाडौँ रेलमार्ग हुने बताउदै भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेको जानकारी गराउनु भयो ।

ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देशबीच हुने छलफलको मुख्य एजेन्डामा केरुङ्ग–रसुवा–काठमाडौँ रेलमार्ग हुने बताउनु भयो । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताउनु भयो । उहाले न्यूयोर्कमा भएको सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक सकारात्मक भएको बताउनु भयो । नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने भनी आफूले महासभामा स्पष्ट पारेको उहाले जानकारी दिनुभयो ।