जनता टाइम्स

२ असार २०८१, आईतवार ०२:०८

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा राघवेन्द्र कार्की निर्वाचित, यस्तो छ नयाँ टीम (सूचीसहित)


डेनमार्क, असार २ । प्रवासी नेपाली मञ्च (ओएनएफ) डेनमार्कको अध्यक्षमा राघवेन्द्र प्रताप सिंह कार्की (रविन) निर्वाचित हुनुभएको छ ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा कोपनहेगनमा आज सम्पन्न छैठौं अधिवेशनबाट कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा अमृत रिजाल, सचिवमा शैलेन्द्र राई र उपसचिवद्वयमा भूपेन्द्र सुवेदी र दीपा शर्मालाई सर्वसम्मत निर्वाचित गरेको छ । यसैगरी आर्तिक बिभाग प्रमुखमा सुरेश पुन र सदस्यहरुमा मनोज न्यौपाने, भाष्कर खनाल, गोकर्ण घिमिरे, किरण दिप र सुसन बराललाई निर्वाचित गरेको हो ।

अधिवेशनमा प्रमुख अतिथी अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापासहित सचिव हेम शेर्पा, युरोप महादेश कमिटी इञ्चार्ज भक्त वाग्ले, अन्तराष्ट्रिय कमिटी सदस्य तथा डेनमार्क इञ्चार्ज सुरेन्द्र थपलिया, अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई र सल्लाहकार परिषदका उपाध्यक्ष रामशरण सिखडा, युरोप महादेश कमिटीका सहसंयोजक चन्द्र कान्त आचार्यलगायतका नेताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष सञ्जय थापाले प्रवासी नेपाली मञ्च प्रवासमा रहेका सवै नेपालीको समस्यामा सहयोगी बनेर लाग्नुपर्ने बताउनु भयो । अन्य बक्ताहरुले पनि प्रवासी नेपाली मञ्चले अव खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।