जनता टाइम्स

१६ आश्विन २०७६, बिहीबार १७:१३

महरालाई बाबुरामको प्रश्न : शक्तिको आडमा परस्त्रीगमन गर्ने ! भेद खुलेपछि धम्काएर युटर्न गराउने ?


काठमाडौं, असोज १६ । युद्धकालमा लामो समय सहकार्य गरेका नेता हुन्, डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा । तर, घटनाक्रमले दुवै नेता फरक फरक दलमा आवद्ध भए । यसैक्रममा महरा सभामुख बन्नुभयो भने भट्टराई समाजवादी पार्टीको अध्यक्ष बन्नुभयो ।

तर, महरा यौन काण्डमा फसे । सो काण्डमा फसेपछि उनले राजिनामा दिए भने अहिले आलोचनाको पात्र बनेका छन् । यसैक्रममा अध्यक्ष भट्टराईले महराप्रति निक्कै कडा प्रतिक्रिया दिनु भएको छ ।

डा. भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्नु भएको छ, ‘सत्ता-शक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकाएर–धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष–लोग्नेले घरनिकाला गर्ने ! यो राम–रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति–सांस्कृतिक क्रान्ति, कणहरू ?’