जनता टाइम्स

२ असार २०८१, आईतवार १०:५८

प्रवासी नेपाली मञ्च सार्जह राज्य कमिटीको अध्यक्षमा खतिवडा निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति (सूचीसहित)


युएई, असार २ । प्रवासी नेपाली मञ्च युएई सार्जह राज्य कमिटीको अध्यक्षमा उत्तम खतिवडा निर्वाचित हुनुभएको छ ।

यही जुन १५ तारिक सम्पन्न नवौं अधिवेशनले खतिवडाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा कृष्ण वाग्ले, सचिवमा शिव लामिछाने, उपसचिवद्वयमा यज्ञ अर्याल र त्रीस गुरुङलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरुमा बलबीर गुरुङ, भुगोल गुरुङ, दुर्गा पाण्डे, मनिराज गुरुङ, सन्तोष श्रेष्ठ, पसबहादुर नेपाली, किरण ढकाल र तेजेन्द्र भट्टराईलाई निर्वाचित गरेको छ ।

अधिवेशन अयोजक कमिटीका संयोजक चीन केसीको अध्यक्षता प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य टंक गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनको उदघाटन समारोहमा प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका सदय कृष्णप्रसाद आचार्य, राधा ढकाल, युएई सातौं अधिबेशन आयोजक कमिटी संयोजक बाबुराम सापकोटा बिशेष अतिथी रहनुभएको थियो ।

अधिवेशनमा आफ्नो धारणा राख्दै प्रवासी नेपाली मञ्चका नेताहरुले मध्यपूर्वमा रहेका श्रमिक नेपाली कामदारको समस्या समाधानलाई संगठनले बिशेष प्राथमिकता दिएको र समृद्ध नेपाली : सुखी नेपालीको राष्ट्रिय आकांक्षापूरा गर्दै मुलुक बनाउन प्रवासमा रहेका नेपालीले खेल्नुपर्ने भूमिकाबारे सबिस्तार चर्चा गर्नुभएको थियो ।