कतार, असार ५ । प्रवासी नेपाली मञ्च कतारले यही जुन २१ अर्थात शुक्रवार सबै नगर कमिटीहरूको संयुक्त अधिवेशन गर्ने भएको छ ।
कतारमै कार्यक्षेत्र रहेका प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलका अनुसार कतारको लालीगुँरास रेष्टेरेन्टमा स्थानीय समयअनुसार बिहान ९ बजेका लागि सवै नगर कमिटीको संयुक्त अधिवेशन तोकिएको हो ।
सो अधिवेशनमा उपस्थित भई भब्यताका साथ सम्पन्न गर्ने काममा सघाउन उपसचिव पोखरेलले कतारमा रहेका सवै नेपालीलाई अपिल गर्नुभएको छ । प्रवासी नेपाली मञ्च कतारले संयुक्त नगर अधिवेशनको तयारीको सवै काम पूरा गरिसकेको छ ।
शुक्रवार नगर कमिटी वडा नम्बर १ देखि ६ सम्मको अधिवेशन तोकिएको छ । सो अधिवेशनको प्रमुख अतिथी उपसचिव पोखरेल रहनुभएको प्रवासी नेपाली मञ्च कतारले जनाएको छ । सो अधिवेशनले बिगतको कामको समिक्षासहित नयाँ नेतृत्व चयन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्