काठमाडौं, ८ असार । किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाउनुभएको छ । मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफुले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाउनुभएको हो । फ्रि–ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत बर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केहि पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ ।
तर एम्बाप्पेले अहिले भने सो रकम आफुले पाउनुपर्ने दाबि गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ । यसअघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ । हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उहाँले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्