जनता टाइम्स

१७ आश्विन २०७६, शुक्रबार १८:१३

यौनकाण्डको परिणाम : महराले पाएनन डेरा


काठमाडौं, असोज १७ । संसद सचिवालयकै कर्मचारी रोशनी शाहीसँगले बलात्कारको आरोप लगाएपछि सभामुखबाट राजीनामा दिनुभएका कृष्णबहादुर महराले डेरासमेत नपाएको तथ्य खुलेको छ । बिभिन्न सम्पर्कसुत्र र आफै डेरा खोज्ने काममा लाग्दा पनि महरालाई घर भाडामा दिने घरभेटी फेला नपरेका हुन ।

कुनैबेला पुर्वमाओवादीको सबैभन्दा बढी शक्ति खेलाउने निवर्तमान सभामुख महराको अहिले कोठा नपाएर बेहाल भएको हो । कुनैबेला घन्टौ कुराउने ल्याकत राख्ने महरा यौनकाण्डपछि यस्तो अवस्थामा पुगेका हुन । एउटा सहकर्मी कर्मचारीको बयानले राजनीतिक अवशानको अवस्थामा पुगेका महराले दर्जनौं ठाउँमा प्रयाश गर्दा पनि डेरा नपाएको बताइएको छ ।

सभामुख पदबाट राजीनमाा दिएपछि सभामुख निवास बालुवाटार छाडन लागेका महरा यतिबेला कोठा नपाएर छटपटिनु परेको एक सुरक्षाकर्मीले बताए । दशैंको मुखमा कोठा नपाउँदा महरा परिवार तनावमा छ । यौनकाण्डपछि महरालाई भेट्न आउनेसमेत निकै पातलिएका छन् ।

महराका दुवै छोराहरुले फेसबुकमार्फत् आफ्नैले सहयोग नगरेको भन्दै आक्रोश पोखिसकेका छन । महरा आफैले संसद सचिवालयमा ल्याएका स्टाफ नर्स रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि राजीनामा दिन वाध्य भएका महरालाई परिवारको भने साथ रहेको छ । पत्नी र छोराहरुले राम्रो साथ दिइरहेका छन् । शाहीसँगको सम्बन्धबारे महरा परिवार जानकार रहेको कारण अहिले पनि साथ पाइरहेको स्रोतको भनाई छ ।