बारा, १२ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अनिल साहलाई गृह नगर कलैया उपमहा नगरपालिकाले एक समारोह बिच सम्मान गरेको छ । शाहलाई उपमहानगरले एक लाख एक हजार रुपैयाँ प्रदान समेत गरेको छ ।
उपमहानगरपालिकाका मेयर बिनोद साहले पुर्व घोषणा अनुसार टी–२० विश्वकमपा नेपाली राष्ट्रीय टोलीमा सहभागि कलैयाका खेलाडी अनिल साहलाई १ लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।
कलैयामा जारी नगरसभामा खेलाडी साहलाई मेयर साह र नगर खेलकुद बिकाश समितीका संयोजक महमद समिउल्लाहले संयुक्त रुपमा खाँदा ओढाएर कदरपत्रबाट सम्मानित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्