जनता टाइम्स

१४ असार २०८१, शुक्रबार १५:३७

झारखण्डका पूर्व मुख्यमन्त्री सोरेनलाई जमानत


काठमाडौँ, १४ असार । भारतको झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनलाई जमानत दिइएको छ ।

हेमन्त सोरेनले कथित जग्गा घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा झारखण्ड उच्च अदालतबाट जमानत पाउनुभएको हो ।

न्यायाधीश रोङन मुखोपाध्यायको इजलासले यस्तो फैसला गरेको हो । अदालतले दुई वटा ५० हजार रुपैयाँ धरौटी बुझाउन पनि आदेश दिएको छ ।

सोरेनलाई ईडीले जनवरीमा पक्राउ गरेको थियो । अब उहाँ करिब पाँच महिनापछि जेलबाट बाहिर आउने हुनुभएको छ । उहाँलाई कथित जग्गा घोटालामा पक्राउ गरिएको थियो ।