जनता टाइम्स

१५ असार २०८१, शनिबार २२:४६

प्रवासी नेपाली मञ्च ओमानको अध्यक्षमा खगेन्द्र रिजाल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति


ओमान, असार १५ । प्रवासी नेपाली मञ्च ओमानको अध्यक्षमा खगेन्द्र रिजाल निर्वाचित हुनुभएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा शुक्रवार अर्थात जुन २८ मा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट रिजाल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा सन्तोष कटुवाल, सचिवमा पशुपति जिसी, उपसचिवमा कला भुसाल चिरञ्जीवी पाण्डेलाई सर्वसम्मत निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा गोम सारु मगर, गौतम सापकोटा, बिकास घले, गणेश पाण्डे, नेत्र मैनाली, रामभक्त सडौला, शारदा खनाल उप्रेती, सर्बेश गडेरी, बुद्धि काफ्ले, कृष्णबहादुर बस्नेत, जयराज कटुवाल, सोनु बिक र खुमहरी मोक्तानलाई सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनले सल्लाहकार परिषदसमेत गठन गरेको छ । जसअनुसार सल्लाहकार समिति अध्यक्षमा रन्जित आचार्य, उपाध्यक्षमा बिष्णु चौलागाईं, सचिवमा महेशप्रसाद न्यौपाने चयन हुनुभएको छ । यसैगरी उपसचिवमा अनु पौडेल र सदस्यहरुमा भुपाल चौहान, नवीन खनाल, टीका धिताल र गिरिप्रसाद पौडेल चयन हुनुचएको छ ।

अधिवेशनबाट निर्वाचित कमिटीका अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।

यसअघि उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च समृद्ध प्रवासीको नारासहित समृद्ध नेपाल सुखी नेपालीको अभियानमा सघाउने अठोटसहित बिश्वभर अभियान चलाइरहेको बताउनु भयो ।

उहाँले प्रवासमा रहेका नेपालीहरुले भ्रममा नपरी नेकपा एमाले जस्तो बिकासवादी र प्रवासीको हितमा सोच्ने पार्टीलाई मतदान गरी बिजयी बनाउने अभियानमा लाग्ने अठोट गर्नुपर्ने आवश्यकता पनि औल्याउनु भएको थियो ।