काठमाडौं, असार १८ । नेकपा माओवादी केन्द्रसँगको सत्ता सहकार्य तोडेर नेपाली कांग्रेससँग सहकार्य गर्दै आफ्नै नेतृत्वमा नयाँ सरकारगठन गर्ने निर्णयमा पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भेटन बालुजाटार पुग्नुभएको छ ।
मध्यराती कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गर्नुभएका एमालेका अध्यक्ष ओली विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन र मार्ग प्रशस्त गर्न सुझाव दिनका लागि ओली बालुवाटार पुग्नुभएको हो ।
यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमवार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो । सो छलफलमा आफूले ओलीलाई अहिलेकै गठबन्धनबाट प्रधानमन्त्री बन्न गरेको आग्रह अश्वीकार गरेको जानकारी दाहालले पार्टीका नेताहरुलाई गराउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्