जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १०:५६

वाह ! जनप्रतिनिधि हुन् त यस्ता, जसलाई दशैंले पनि छेकेन


भक्तपुर, असोज १९

अधिकाशं नेपाली बडादशैं मनाइरहदाँ भक्तपुरका सांसद महेश बस्नेत भने जनताको सेवामा खटिइरहेका थिए । मानिसहरु घर घरमा पुजा गरिरहँदा सांसद बस्नेत भने विकास निर्माणका काममा सक्रिय हुनुहुन्थ्यो ।

सूर्यविनायक नगरपालिका चुनदेवीमा चुनदेवी सामाजिक सेवा समाजको आयोजनामा शनिवार सांसद बस्नेतले सामुदायीक भवनको सिलान्यास गर्नुभयो । दुई करोडको लागतमा निर्माण शुरु गरिएको उक्त भवनको सिलान्यास गर्दै सांसद बस्नेतले जनताको विकास प्रतिको चाहना पुरा गर्नु नै आफ्नो लागि सवैभन्दा ठूला चाड भएको उल्लेख गर्नुभयो ।

जनता नै देशको सवभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै भक्तपुरको आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्दै जनताको चाहना र आवश्यकतालाई पुरा गर्दै अघि बढ्ने बताउँदै उहाँले भक्तपुर अवका दिनमा देशकै उदाहरणीय जिल्लाको रुपमा परिणत हुने बताउनुभयो ।

बोलेका कुरा र जनताको आवश्यकता अनुसार शतप्रतिशत पुरा गर्ने बताउँदै उहाँले भक्तपुरको कुनै पनि विकासमा आर्थिक समस्या नहुने दोहोर्याउनु भयो । कुनै पनि राम्रो काममा आट गरेपछि सवैको साथ हुने भएकाले सफलतामा पुग्न सकिने बताउँदै उहाँले तीन तहको सरकारको साथमा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको औल्याउनु भयो ।