जनता टाइम्स

१९ आश्विन २०७६, आईतवार १७:३१

हङकङद्वारा नेपाल सामु जितका लागि १२६ रनको चुनौति प्रस्तुत


काठमाडौं, असोज १९

हङकङले टि–ट्वान्टी क्रिकेटमा नेपालसामु जितका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा भईरहेको खेलमा नेपालले टस जितेर हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

शुरुवात राम्रो भएपनि त्यसपछि नेपाली बलरहरु हङकङका ब्याटसम्यानमाथी हावी भएका थिए । हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रनमात्र जोड्यो । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका कारणले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ दबाबमा परेको थियो ।

हङकङका लागि अहसान अब्बासी १३, निजाकत खान २३ रनमा आउट भए । कप्तान किन्चित ३१, वाकस बर्कत ३७ रन जोडे । एहसान खान १० रनमा अविजित रहे । नेपालका लागि करण केसीले ४ विकेट लिएका थिए । अभिनाश बोहोराले ३ ओभरमा १७ रन खर्चेर १७ रन तथा ललित नारायण राजवंशीले ४ ओभरमा १७ रन मात्र खर्चे ।