जनता टाइम्स

२० आश्विन २०७६, सोमबार ०८:२८

प्रधानमन्त्री ओली आज झापा आउदै, चियापानमा सहभागी हुने


झापा, असोज २०

प्रधानमन्त्री केपी शर्मा ओली आज गृहनगर झापा आउदै हुनुहुन्छ । नेपाली हरुको महान चाड विजया दशमी, शुभ–दिपावली, छठ लगायतका पर्वहरुको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका लागि उहा विहान ११ बजे दमक आइपुग्ने कार्यक्रम रहेको छ ।

कस्मिक पार्टी प्यालेसमा आयोजना हुने चियापानका लागि नियमित उडानबाट उहा विहान १० बजे काठमाडौंबाट झापा जाने कार्यक्रम रहेको छ । उहा चियापानमा सरिक भएर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । पार्टी जिल्ला कमिटिको ब्यवस्थापनमा हुने चियापानको सम्पूर्ण तयारी पुरा भएको छ ।