लुम्बिनी, असोज २०
पर्यटनमन्त्री योगेश भट्टराई नवमीका दिन लुम्बिनी पुग्नु भएको छ । पर्यटन वर्ष २०२० वर्षमा संघारमा रहेका बेला मन्त्री भट्टराईले निर्माणाधिन संरचना हेर्न पुग्नु भएको हो । आउदो बुद्ध जयन्तीमा सन्चालनमा ल्याउने लक्षका साथ गौतम बुद्धको जन्मभूमी लुम्बिनीमा निर्माणाधीन लुम्बिनी अन्तराष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभागृहको निर्माण कार्य तिब्र गतिमा भईरहेको छ ।
मन्त्री नवमीका दिन विहान पुग्दा पनि काम धमाधम भईरहेको थियो । एकसाथ ५००० मानिस ध्यान गर्न सक्ने गरी निर्माण गरिदैछ । नवमीमा पुग्दा १०० जनाभन्दा बढी श्रमीकहरु काममा ब्यस्त रहेको मन्त्री भट्टराईले बताउनु भयो । उहाले भन्नुभयो, ‘सबै क्षेत्रमा यसरी नै काम हुनसके देश बन्न धेरै समय लाग्दैनथ्यो । धन्यवाद निर्माण ब्यबसायी तथा कामदार मित्रहरुलाई ।’
प्रतिक्रिया दिनुहोस्