जनता टाइम्स

२० आश्विन २०७६, सोमबार १४:१३

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु


अर्घाखाँची, असोज २०

अर्घाखाँचीको नरपानी रातामाटामा जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

जीप दिउँसो करिब सवा १ बजे अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रदेश–५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।