स्कटल्यान्ड, असार २६ । प्रवासी नेपाली मञ्च (ओएनएफ) स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा मोति खरेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा युके इञ्चार्ज सरस्वती केसीको प्रमुख आतिथ्यतामा यही जुलाई ८ तारिक सम्पन्न तेस्रो अधिवेशनले खरेलको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटी सर्वसम्मत रुपमा निर्बाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा यज्ञमुर्ती ढकाल, सचिवमा महेश पाण्डे, उपसचिवमा नबराज पोख्रेल, कोषाध्यक्षमा थरिन्द्र घिमिरे र सहकोषाध्यक्षमा तुल्सीराम न्यौपानेलाई निर्वाचित गरेको छ ।
यस्तै सदस्यहरुमा दिपक भटराई, तिल रायमाझी, कबिन्द्र बस्याल, मेख लामा र पोष्टराज सुबेदीलाई निर्वाचित गरेको छ । अधिवेशन आयोजक समितिका संयोजक नारायण पहारी (जोनी) को अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथी केसीले ओएनएफले आगामी दिनमा गर्नुपर्ने काम र यस्को अभियानबारे जानकारी दिनुभएको थियो ।
अधिवेशनमा राष्टिय कमिटी युकेका अध्यक्ष तुंगभद्र भुसाल, संगठन बिभाग प्रमुख बालकृष्ण भुसाल, केन्द्रीय सदस्यहरु बिदुर खत्री, पशुपती पोख्रेल, बिष्णु बराल, तारानाथ भण्डारी र सल्लाहकारहरू ऊद्धब भट्टराई र राम बगाले अतिथीको रुपमा सहभागी हुनुभएको थियो । अधिवेशनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) इङल्याण्ड राज्य समन्वय समितिका अध्यक्ष शम्भु अर्याल, एनआरएनए स्कटल्याण्डका अध्यक्ष र दिवाकर पाण्डे र उपाध्यक्ष कमला श्रेष्ठको पनि सहभागीता रहेको थियो ।
यस्तै अधिवेशनमा नेपाल स्कटल्याण्ड एसोसियशनका अध्यक्ष बिजय डंगोल र बिदुर चापागाई पनि सहभागी भएर कार्यक्रममा हौसला प्रदान गर्नुभएको थियो । सो अवसरमा अतिथी बक्ताहरुले प्रवासी नेपाली मञ्चले पछिल्लो समयमा गरिरहेको कामको खुलेर प्रसंशा गर्दै यस अभियानलाई थप सशक्त बनाउन सुझाव दिएका छन ।
प्रतिक्रिया दिनुहोस्