जनता टाइम्स

२८ असार २०८१, शुक्रबार १७:३२

प्रचण्ड प्रधानमन्त्रीको पदमुक्त


काठमाडौं, २८ असार । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदबाट मुक्त हुनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा केवल ६३ मत मात्र परेपछि प्रधानमन्त्रीले संसदको विश्वास गुमाएसँगै पदमुक्त हुनुभएको हो ।

विश्वासको मतसम्बन्धि प्रस्तावको विपक्षमा १९४ मत परेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा एक सांसदले मत दिनुभएको थियो ।

आजको मतदान प्रक्रियामा २५८ सांसदले भाग लिनुभएको थियो । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत गुमाएसँगै सरकार पनि ढलेको छ । अब संघीय संसद सचिवालयले सरकारले विश्वासको मत गुमाएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनको आव्हान गर्नुहुनेछ ।