काठमाडौं, असोज २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टिका ग्रहणपछि आज पाँच घण्टा नेता कार्यकर्तादेखि सर्वसाधरणलाई टीका लगाइ दिनुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज दिउँसो दुई घण्टा नेता, मन्त्री, सांसदसहितलाई तथा साँझ ३ घण्टा पार्टी कार्यकर्तालाई दसैंको टिका लगाइदिने हुनुभएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले आम पार्टी नेता कार्यकर्ता र सर्वसाधरणको आग्रह अनुसार दसैंको टीका लगाइ दिने हुनुभएको हो ।
‘प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमै आफ्ना पिताबाट टिका ग्रहण गर्नुहुनेछ । आफूले पिताबाट टिका ग्रहण गरेपछि सम्माननीय प्रधानमन्त्री ओलीले आज (१ दिन मात्र) दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टिका लगाइदिनु हुने भएको छु,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जनताटाइम्ससँग भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्