काठमाडौं, असोज २१
सत्तारूढ समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पिताबाट दशैंको टीका ग्रहण गर्नुभएको छ । दशैंको शुभसाइत पारेर उहासहित सपरिवारले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गर्नुभएको हो ।
बिहान १०ः३५ को शुभसाइत पारेर पिताको हातबाट टीका ग्रहण गर्नुभयो । उहाले सामाजिक सञ्जालमा टीका ग्रहण गर्दै गरेका तस्वीरहरू पनि पोस्ट गर्दै भन्नुभएको छ, ‘शुभविजयादशमीको उपलक्ष्यमा ९० बर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट सपरिवार टीका ग्रहण ! सबैको भलो होस् ! देशमा शान्ति,सुशासन र समृद्धिको वर्षा होस ! असत्य र अन्यायमाथि सत्य र न्यायको विजय होस् !’
प्रतिक्रिया दिनुहोस्