काठमाडौं, साउन ३ । बत्तिसपुतलीस्थित द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा रहनुभएकी श्रेष्ठको ९१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत हुनुहुन्थ्यो । उहाँको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जित्नुभएको थियो । उहाँका दुई छोरी हुनुहुन्छ । श्रीमान् र छोराको भने यसअघि निधन भइसकेको छ ।
श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव छ । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । उनले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्